दफा १८
अनुमतिपत्रको अवधि
(१) अनुमतिपत्रको अवधि तीस वर्षमा नबढाई सम्झौतामा लेखिए बमोजिम हुनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विशेष परिस्थिति परी अनुमतिपत्रकोे अवधि बढाउन आवश्यक भएको कारण खुलाई अवधि थपको लागि अनुमतिपत्र प्राप्त व्यक्तिले निवेदन दिएमा र सो निवेदनको व्यहोरा मनासिव देखिएमा नेपाल सरकारले बढीमा पाँच वर्षसम्म अनुमतिपत्रको अवधि थप गर्न सक्नेछ ।
(३) अनुमतिपत्रको अवधि तोकिएको आधारमा निर्धारण गरिनेछ ।